काठमाडौँमा मेट्रो रेल चलाउनुपर्छ : चिरीबाबु महर्जन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँमा मेट्रो रेल चलाउनुपर्छ : चिरीबाबु महर्जन


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकामा मेट्रो रेल चलाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आज बिहीवार काठमाडौँ महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रममा मेयर महर्जनले उपत्यकामा मेट्रो रेल चलाउनका निम्ति काठमाडौँ महानगरपालिकासँग सहकार्य गर्न आफूहरू तयार रहेको बताए । 

त्यसैगरी उनले ललितपुर महानगरपालिकामा आफूले साइकल लेन बनाएको भन्दै त्यो लेनलाई काठमाडौँ महानगरपालिका हुँदै शिवपुरी डाँडोसम्म जोड्ने प्रस्ताव पनि गरे । 

मेयर महर्जनले सार्वजनिक खरिद ऐन २०६३ को आमूल सुधार गर्नुपर्ने बताए । यो ऐन सुधार नभएसम्म पालिकाले काम गर्ने वातावरण नभएको उनले उल्लेख गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस