सोनामद्वारा ७० प्रतिशतसम्म छुट योजना सार्वजनिक « प्रशासन
Logo २८ जेष्ठ २०८१, सोमबार
   

सोनामद्वारा ७० प्रतिशतसम्म छुट योजना सार्वजनिक


२९ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपाली ब्रान्ड सोनामले वार्षिक विन्टर छुट योजना सार्वजनिक गरेको छ।

कम्पनीले आगामी मंसिर २४ गतेदेखि पुस १६ गतेसम्म व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने उच्च गुणस्तरीय सामग्रीमा यस छुट योजना घोषणा गरेको हो। 

यो अफरमा छानिएका वस्तुमा ७० प्रतिशतसम्म छुट पाइने कम्पनीले जनाएको छ। 

साथै यसको नयाँ कलेक्सनमा पनि १५ प्रतिशतको विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको कम्पनीले बताएको छ। 

सोनाम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन्। 

उपत्यकामा ठमेलको क्वाबहाल र ललितपुरको जावलाखेल र कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडीबुटीको जडीबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा साथै बुटवलमा पनि सोनमका सोरुम छन्।

Tags :
प्रतिक्रिया दिनुहोस