२४ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

२४ लाख नगदसहित एक भारतीय नागरिक पक्राउ


२७ मंसिर २०७९, मंगलबार


पक्राउ

धनुषा । धनुषा सशस्त्र प्रहरीले स्रोत खुल्न नसकेको नगद २४ लाखसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारतको मधुबनी जिल्लाको माङ्गपट्टी बस्ने २४ वर्षीय उमेश कुमार यादव रहेको छ।

मङ्गलवार प्रदेश २-०२-००५ प ५७९८ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गर्दा उनलाई धनुषाको विदेह नगरपालिका-९ बाट २४ लाख १७ हजार नगदसहित पक्राउ गरिएको हो ।

मोटरसाइकलको ट्याङ्की भित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा उनलाई नगदसहित पक्राउ गरिएको हो । मोटरसाइकलको ट्याङ्की भित्र राखेको हजार रुपैयाँको १२ बन्डल र पाँच सयको २४ बन्डल नेपाली रुपैयाँ गरी २४ लाख १७ हजार नगद बरामद भएको सशस्त्र प्रहरी जनाएको छ।

प्रहरीका अनुसार उनलाई आवश्यक कारबाहीको लागि धनुषा भन्सार कार्यालय पठाइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस