आजको मौसम कस्तो रहला ? « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

आजको मौसम कस्तो रहला ?


२७ मंसिर २०७९, मंगलबार


काठमाडौँ । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहेको छ ।

आज दिउँसो प्रदेश १ को पहाडी भू-भागमा आंशिक बदली रहनेछ। राती प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ।

तराईका केही भू-भागमा बिहानीपख हुस्सु लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस