हेटौँडा अस्पतालमा सिटी स्क्यान सेवा सुरु « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

हेटौँडा अस्पतालमा सिटी स्क्यान सेवा सुरु


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । मकवानपुरको हेटौँडा अस्पतालमा आइतबारदेखि सिटीस्क्यान सेवा सुरु भएको छ । बागमती प्रदेशको राजधानी समेत रहेको हेटौँडाको सरकारी अस्पतालमा पहिलोपटक सिटीस्क्यान सेवा सुरु भएको हो ।

बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेको हेटौँडा अस्पताल विकास समितिका सदस्य उत्सव चौलागाईंले जानकारी दिए । उनका अनुसार हेटौँडा अस्पतालमा दैनिक ३० जनासम्म बिरामीका लागि सेवा दिन मिल्ने गरी सिटीस्क्यान मेसिन सञ्चालनमा आएको हो ।

हेटौँडा अस्पतालमा सिटी स्क्यान नहुँदा बीमाबाट उपचार गराउने बसरामीहरु चितवन रिफर हुनुपर्ने अवस्था रहेको थियो । अस्पतालले छिट्टै एमआरआई सेवा पनि सञ्चालनमा ल्याउने उनले बताए ।

नेपाल सरकारबाट ५० शय्या सञ्चालन अनुमति पाएको अस्पतालले अहिले ३ सय शय्यासम्म सञ्चालन गर्नुपरेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले ओपिडीमा दैनिक ७ सय, आकस्मिकमा दैनिक १ सय ५० भन्दा धेरै बिरामीको उपचार गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस