शहरी विकास मन्त्रालयको सचिवमा सुरेश आचार्य  « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

शहरी विकास मन्त्रालयको सचिवमा सुरेश आचार्य 


२५ मंसिर २०७९, आइतबार


काठमाडौँ । सरकारले शहरी विकास मन्त्रालयको सचिवमा सुरेश आचार्यको सरुवा गरेको छ । 

आइतबार(आज) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् आकस्मिक बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव(इन्जिनियरिङ) आचार्यलाई शहरी विकास मन्त्रालयमा सरुवा गरेको हो । 

शहरी विकास मन्त्रालयका सचिव डा. रमेश प्रसाद सिंह मङ्सिर पहिलो साता अनिवार्य भएसँगै सचिव पद रिक्त रहेको थियो । 

आजै मात्र राम आधार साह सचिवमा बढुवा भएसँगै उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्दै शहरीमा आचार्यलाई पठाएको हो । 

Tags :
प्रतिक्रिया दिनुहोस