राजश्व अनुसन्धानद्वारा असनबाट १०३ पोका अवैध कपडा बरामद  « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

राजश्व अनुसन्धानद्वारा असनबाट १०३ पोका अवैध कपडा बरामद 


२३ मंसिर २०७९, शुक्रबार


राजश्व अनुसन्धान विभाग

काठमाडौँ । राजश्व अनुसन्धान विभागले राजधानीको असनबाट एक सय तीन पोका अवैध कपडा बरामद गरेको छ । भारतबाट तस्करी गरेर नेपाल भित्र्याएको भन्ने सूचनाको आधारमा खटिएको टोलीले शुक्रवार(आज) बिहान ५ बजे पसलमा राख्न ठिक्क पारेका कपडाका पोकाहरू बरामद गरेको हो । 

‘ठुलो गाडीबाट झारेर एक ठाउँमा थुपारिएको अवस्थामा पसलमा राख्न नपाउँदै विभागको टोलीले पक्राउ गरेको हो’ विभागका एक अधिकारीले भने, ‘सामानहरू विभाग ल्याइसकेपछि मात्रै के कति रकमको रहेछ भन्ने विवरण आउला’ 

थप विवरण आउँदैछ…

Tags :
प्रतिक्रिया दिनुहोस