जनमत पार्टीको बैठक बस्दै, सरकार र समानुपातिकको टुङ्गो लगाउने « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

जनमत पार्टीको बैठक बस्दै, सरकार र समानुपातिकको टुङ्गो लगाउने


२२ मंसिर २०७९, बिहिबार


काठमाडौँ । जनमत पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । कोटेश्वरस्थित तपोवन होटेलमा सो बैठक बोलाएको जनमत पार्टीले जनाएको छ ।

समानुपातिक उम्मेदवारको टुङ्गो लगाउनेदेखि सरकारमा सहभागी, सङ्गठन निर्माणलगायतका विषयमा छलफल हुने बताइएको छ ।

जनमत पार्टीले प्रतिनिधि सभातर्फ समानुपातिकमा पाँच सिट पाएको छ । त्यसको बारेमा टुङ्गो लगाउन केन्द्रीय समितिको निर्णय हुनुपर्ने भएको हुनाले बैठक बोलाएको बताइएको छ । संघमा जनमत पार्टीले तीन जना महिला र दुई जना पुरुष पठाउन पाउनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस