नेचासल्यान बन्यो सार्वजनिक सुनुवाइ गर्ने पहिलो गाउँपालिका « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नेचासल्यान बन्यो सार्वजनिक सुनुवाइ गर्ने पहिलो गाउँपालिका


२१ मंसिर २०७९, बुधबार


काठमाडौँ। सोलुखुम्बुको नेचासल्यान गाउँपालिका पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ गर्ने जिल्लाकै पहिलो स्थानीय तह बनेको छ ।

८ वटा स्थानीय तह रहेको जिल्लामा चालु आर्थिक वर्ष २०७९/०८० को पहिलो चौमासिकको सार्वजनिक सुनुवाइ गर्ने नेचासल्यान पहिलो बनेको हो ।

अन्य कुनै पनि पालिकाले प्रथम चौमासिकको सार्वजनिक सुनुवाइ गरेका छैनन् ।

नेचासल्यान गाउँपालिकाको चालु आर्थिक वर्षको कुल बजेट ४६ करोड ६ लाख ८७ हजार ३० रुपैयाँ मध्ये ८ करोड १२ लाख ५६ हजार ९ सय ४४ रुपियाँ अर्थात् १७.६३ प्रतिशत बजेट खर्च भएको गाउँपालिकाले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस