बैतडीमा जीप दुर्घटना हुँदा ४ घाइते, २ जनाको अवस्था गम्भीर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बैतडीमा जीप दुर्घटना हुँदा ४ घाइते, २ जनाको अवस्था गम्भीर


२१ मंसिर २०७९, बुधबार


धनगढी । बैतडीमा जीप दुर्घटनामा हुँदा चार जना घाइते भएका छन्। बुधबार जिल्लाको सुर्नया-६ दुदिलाखान नजिकै जीप दुर्घटना भएको हो ।

घाइते हुनेमा बझाङको केदारस्यु गाउँपालिका- ५ का जीप चालक २० वर्षीय धनबहादुर गुरधामी, बझाङकै बुंगल नगरपालिका-९ की ४५ वर्षीया नरपती पातली, ७० वर्षीया काली पातली र नरमा पातली रहेका जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

बुंगल नगरपालिका-९ की ४५ वर्षीया नरपती पातली र ७० वर्षीया काली पातलीको अवस्था गम्भीर रहेका छ। उनीहरूलाई उपचारका लागि डडेल्धुरा पठाइएको छ।

बुधबार बिहान बझाङबाट डडेल्धुरा जाँदै गरेको से१च १२२६ नं को जीप जयपृथ्वी राजमार्गमा पर्ने सुर्नया ६ दुदिलाखान नजिकै दुर्घटना परेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस