नक्कली सई पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नक्कली सई पक्राउ


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (सई) भन्दै ठगी गर्ने एक जनालाई इलाका प्रहरी कार्यालय पथरी मोरङले पक्राउ गरेको छ । पथरी शनिश्चरे ७ का सन्तोषकुमार कन्दङवाले आफू विशेष प्रहरीको सई भन्दै सर्वसाधारण लाई धम्क्याएर ठगी गरेको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको जनाएको छ ।

कन्दङवाले पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिको विभिन्न क्षेत्रमा आफूलाई प्रहरीको सई भन्दै ठगी गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले बताए ।

कन्दङवालाई १५ गते पथरी शनिश्चरे नगरपालिका-३ बाट पक्राउ गरी सोमबार सार्वजनिक गरिएको हो । कन्दङवाको साथबाट एक थान मोबाइल, नगद रु.१७ हजार र को ३२ प ५९८९ नं को मोटरसाइकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।   

Tags :
प्रतिक्रिया दिनुहोस