मनकारी प्रमुख प्रशासकीय अधिकृत, जसले दूध ढुवानीका लागि दिए आफ्नै गाडी  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मनकारी प्रमुख प्रशासकीय अधिकृत, जसले दूध ढुवानीका लागि दिए आफ्नै गाडी 


२० मंसिर २०७९, मंगलबार


काठमाडौँ । लमजुङको राइनास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले कृषकहरूलाई आफूले प्रयोग गर्दै आएको गाडी उपलब्ध गराएका छन् । 

अधिकृत सुयलले कृषकहरूलाई दूध ढुवानी गर्न समस्या भएपछि आफू चढ्दै आएको गाडी उपलब्ध गराएका हुन् । 

गाडीको अभावमा स्थानीय किसानलाई घरदेखि चिस्यान केन्द्रसम्म दूध ढुवानी गर्न समस्या भएकोले उनीहरूको सहजताका लागि गाडी उपलब्ध गराएको अधिकृत सुयलले बताए । ‘सवारी साधन नभएकाले समयमा दूध ढुवानी गर्न नसक्दा सङ्कलन तथा वितरणमा समस्या भइरहेको थियो, त्यसैले गाडी उपलब्ध गराका हौँ, ‘उनले प्रशासनसँग भने ।

पशुपालनमा किसानको आकर्षण बढाउने, दूध उत्पादनका साथै बजारीकरण गरी किसानको आयस्तर बढाउने नगरपालिकाको उद्देश्य रहेको र त्यहीअनुसार विभिन्न सहयोगका कार्यक्रम सञ्चालन हुँदै आएको प्रमुख प्रशासकीय अधिकृत सुयलले बताए ।

उनका अनुसार पालीकाबाट दैनिक एक हजार लिटर दूध सङ्कलन गरेर ढुवानी भइरहेको छ । 

नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको दुग्ध विकास संस्थान काठमाडौँ दुग्ध वितरण आयोजनाअन्तर्गत राइनास ५ को तीनपिप्लेमा २०७८ मा राइनास दूध चिस्यान केन्द्र स्थापना भएको हो । 

कार्यपालिकाको बैठकबाट नै किसानहरूका लागी गाडी खरिद गर्ने निर्णय भएपनि विविध कारणले राकीएको भन्दै अधिकृत सुयलले केही  छिट्टै गाडी ल्याउने तयारी भइरहेको बताए । 

नगरपालिकाले किसानको हौसलाका लागी उत्पादनमा आधारित अनुदान उपलब्ध गराएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस