मितेरी डेभलपमेन्ट बैङ्कद्वारा १३ प्रतिशत लाभांश वितरण प्रस्ताव « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मितेरी डेभलपमेन्ट बैङ्कद्वारा १३ प्रतिशत लाभांश वितरण प्रस्ताव


१९ मंसिर २०७९, सोमबार


काठमाडौँ । मितेरी डेभलपमेन्ट बैंकले १३ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ ।

आज सोमबार बसेको बैंक सञ्चालक समितिको बैंठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजी ९० करोड ३४ लाख २८ हजारको १२.३५ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनको लागि ०.६५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस