नयाँ सरकारबारे छलफल गर्न भोलि सत्ता गठबन्धनको बैठक बस्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नयाँ सरकारबारे छलफल गर्न भोलि सत्ता गठबन्धनको बैठक बस्ने


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको परिणाम आए लगत्तै भोलि (सोमबार) सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । प्रत्यक्षतर्फ १६४ क्षेत्रको परिणाम आइसकेको छ भने समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा छ ।

चुनावी परिणामको समीक्षा र भावी सरकार गठनका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बोलाइएको हो ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो ३ बजे बालुवाटारमा बस्ने गरी गठबन्धन दलको बैठक बोलाएका छन् ।

बैठकमा चुनावको परिणामको समीक्षा र आगामी सरकार निर्माणलगायत विषयमा छलफल हुने नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले जानकारी दिएका छन् । 

काँग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा छन् । चुनावमा लोकतान्त्रिक समाजवादी पार्टीले पनि आंशिकरुपमा गठबन्धन गरेको थियो भने चुनावपछि सरकार निर्माण भने जनमत पार्टी समेत सामेल हुने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस