भारतका दुई कलेज नेपाल फार्मेसी काउन्सिलको कालोसूचीमा, दियो यस्तो चेतावनी  « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

भारतका दुई कलेज नेपाल फार्मेसी काउन्सिलको कालोसूचीमा, दियो यस्तो चेतावनी 


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेपाल फार्मेसी परिषद्ले भारतका दुईवटा शैक्षिक संस्थालाई कालो सूचीमा राखेको छ । 

कालो सूचीमा पर्नेमा भारतको हिमाचल प्रदेशमा रहेको आईसी युनिभर्सिटी र ओडिसामा रहेको गजपति कलेज आफ फार्मेसी छन् । 

काउन्सिलको निरीक्षण प्रतिवेदनका आधारमा ती कलेजहरूलाई कालो सूचीमा राखिएको र आगामी दिनमा ती कलेजको शैक्षिक योग्यतालाई मान्यता नदिइने पनि काउन्सिलले जनाएको छ । 

त्यस्तै, सीटीईभीटीअन्तर्गतका तीनवटा नेपाली कलेजले पनि निरीक्षण प्रतिवेदन नबुझाएको भन्दै काउन्सिलले यथाशीघ्र कागजपत्र बुझाउन निर्देशन दिएको छ । 

प्रतिवेदन नबुझाउनेमा सहिद स्मारक जनस्वास्थ्य कलेज काठमाडौँ, मोडेल कलेज अफ टेक एजुकेसन, वीरगञ्ज र चितवन मेडिकल कलेज छन् । 

प्रतिवेदन नबुझाए ती कलेजहरूबाट अध्ययन गरेका विद्यार्थीलाई लाइसेन्स परीक्षामा सामेल नगराइने पनि काउन्सिलले चेतावनी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस