माओवादीको पदाधिकारी बैठक सुरु, के हुँदैछ छलफल ?  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माओवादीको पदाधिकारी बैठक सुरु, के हुँदैछ छलफल ? 


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । बैठकमा अब बन्ने नयाँ सरकार निर्माणका बारेमा छलफल र  गत निर्वाचनको समीक्षा हुने जनाइएको छ । 

शनिवार पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले माओवादीको नेतृत्वमा सरकारमा जान विकल्प खुला गरेको बताएको थियो । 

आजको बैठकले पनि सरकारमा जानका लागि गठबन्धनलाई नै निरन्तरता दिने वा नेकपा एमालेसँग सहकार्य गरेर अघि बढ्ने भन्ने बारेमा छलफल गर्ने जनाइएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस