शिवम् सिमेन्टको उपभोक्ता लक्षित उपहार योजना सार्वजनिक « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

शिवम् सिमेन्टको उपभोक्ता लक्षित उपहार योजना सार्वजनिक


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । शिवम् सिमेन्टले ग्राहकका लागि ‘शिवम् सँग उपहार टन्न’ नामक सर्वाधिक धनराशिको ग्राहकमुखी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत अब प्रत्येक २० बोरा शिवम् सिमेन्टको खरिदमा ग्राहकले एउटा हात खाली नहुने स्क्याच कुपन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

उक्त कुपन स्क्याच गरी २०० देखि ५०० रुपैयाँसम्म नगद वा १५ ग्राम चाँदीको सिक्का वा २.५० ग्रामदेखि ५ ग्रामसम्म सुनको सिक्का वा सुनको सिक्री पक्का उपहार जित्न सक्ने कम्पनीले बताएको छ ।

सोही कुपनको आधारमा ग्राहकले मासिक लक्की ड्र तथा मेगा लक्की ड्रमा समेत गरी एउटै कुपनबाट ३ पटकसम्म जित्ने मौका पाउने छन् । जस अनुसार हरेक महिनाको लक्की-ड्र मार्फत पहिलो पुरस्कार २ जोडी भाग्यशाली ग्राहकहरूलाई थाइल्यान्ड भ्रमण, दोस्रो पुरस्कार ४ जोडी विजेतालाई हेलिटुर, तेस्रो पुरस्कार ६ जनालाई आधा केजी चाँदी, चौथो पुरस्कार ८ जनालाई हिराको औँठी तथा पाँचौँ पुरस्कार १० जोडीलाई माउन्टेन फ्लाइट लक्की ड्र मार्फत जित्न सक्नेछन् । तर अन्तिम महिनामा प्राप्त कुपनहरू मासिक लक्की ड्र-मा समावेश नभई मेघा लक्की ड्रमा मात्र समावेश गरिने छ ।

कम्पनीका अनुसार मासिक लक्की ड्र-मा समावेश भएको तर उपहार जित्न नसकेको कुपन योजना अन्तर्गतको अन्तिम महिनाको कुपनसँगै मेगा लक्की ड्रमा पुनः समावेश हुनेछ भने मेगा लक्की ड्र मार्फत २ जना भाग्यशाली ग्राहकहरूले ५ तोला सुन, ४ जनाले ३ तोला सुन, ६ जनाले २ तोला सुन, ८ जनाले १ तोला सुन र १० जनाले आधा तोला सुन उपहारमा जित्न सक्नेछन् ।

लक्की ड्रको कुपनमा उल्लेखित विवरण र मोबाइल नम्बरको आधारमा विजेता घोषणा गरिने र सोही आधारमा ग्राहकले उपहार दाबी गर्नुपर्ने छ । यो उपहार योजना १८ मंसिरदेखि लागू गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस