७ विद्यार्थीलाई मृत्युदण्डको सजाय « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

७ विद्यार्थीलाई मृत्युदण्डको सजाय


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । म्यानमारको जुन्ता सरकारले यस साता थप सात जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । यससँगै सेनाले मृत्युदण्ड सुनाएको व्यक्तिको संख्या १३९ पुगेको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघले म्यानमारको सेनाले विरोधीलाई दमन गर्न मृत्युदण्डलाई औजारको रूपमा प्रयोग गरेको आरोप लगाएको छ। सन् २०२१ को फेब्रुवरीमा आङ सान सुकीको नागरिक सरकारलाई सेनाले कु गरेपछि म्यानमारमा राजनीतिक उथलपुथल बढेको छ ।

यसै साता सेनाको एक अदालतले कम्तीमा ७ जना विश्वविद्यालयका विद्यार्थी ९छात्र० लाई मृत्युदण्डको सजाय सुनाएको मानवअधिकारका लागि राष्ट्रसंघका आयुक्त भोल्कर टर्कले एक विज्ञप्तिमा बताएका छन् ।

यांगुनस्थित विश्वविद्यालयका विद्यार्थीहरूलाई अप्रिलमा गिरफ्तार गरिएको थियो । उनीहरूमाथि बैंक गोलीबारीमा संलग्न भएको आरोप लगाइएको थियो । ‘विद्यार्थीहरूलाई मृत्युदण्ड दिनु सेनाले बदला लिने कार्य हो’ डागन विश्वविद्यालयको विद्यार्थी संघले एक विज्ञप्तिमा भन्यो।

Tags :
प्रतिक्रिया दिनुहोस