स्याङ्जा २ मा एमालेकी पद्मालाई हराउँदै काँग्रेसका धनराज विजयी « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

स्याङ्जा २ मा एमालेकी पद्मालाई हराउँदै काँग्रेसका धनराज विजयी


१८ मंसिर २०७९, आइतबार


काठमाडौँ । स्याङ्जा-२ को प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य पदमा नेपाली काँग्रेसका उम्मेदवारहरू विजयी भएका छन् ।

प्रतिनिधिसभातर्फ काँग्रेसका उम्मेदवार केन्द्रीय उपसभापति धनराज गुरुङ पाँच हजार छ सय २७ मतान्तरसहित विजयी भएका छन् । उनले ३१ हजार चार सय ६६ मत प्राप्त गरे ।

उनकी प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार पद्माकुमारी अर्यालले २५ हजार आठ सय ३९ मत प्राप्त गरिन् । यसअघि विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अर्याल यसै क्षेत्रबाट निर्वाचित भएकी थिइन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले आठ हजार एक सय १३ मत प्राप्त गरेका छन् । स्याङ्जा–२ ९२० मा नेपाली काँग्रेसका उम्मेदवार महेश भट्टराई विजयी भएका छन् ।

भट्टराईले १८ हजार सात सय ८८ मत प्राप्त गर्दा एमाले उम्मेदवार बुद्धिमान श्रेष्ठले १७ हजार दुई मत प्राप्त गरे। उनी एक हजार सात सय ८६ मतान्तरले विजयी हासिल गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस