क्यालिब्रेसन फ्लाइटका कारण आज पनि उडान प्रभावित « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

क्यालिब्रेसन फ्लाइटका कारण आज पनि उडान प्रभावित


१६ मंसिर २०७९, शुक्रबार


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) का कारण शुक्रबार समेत उडान प्रभावित भएका छन् ।

विमानस्थल कार्यालयले दिउँसो १० बजेबाट १ बजेसम्म र दिउँसो २ बजेदेखि ५ बजेसम्म ‘नोटाम’ नोटिस जारी गरेको छ । यस अवधिमा एरोथाईको जहाजले उपकरणहरूको परीक्षण गर्दैछ ।

परीक्षणका दौरान नियमित उडान प्रभावित हुने भएको हो । वायुसेवा कम्पनीहरूले विमानस्थलमा परीक्षणका क्रममा हुने असरले उडानमा परेको असरबारे आफ्ना यात्रुलाई सूचित गराएका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण गर्न ल्याइएको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य आन्तरिक विमानस्थलमा समेत परीक्षण गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस