सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सुनको मूल्य १ हजार रुपैयाँले बढ्यो 


१६ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । 

 आज शुक्रबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर ९९ हजार १ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

बिहीबार सुनको मूल्य ५ सय रुपैयाँले बढेर ९८ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ ।

चाँदी आज तोलामा १५ रुपैयाँले बढेको छ । हिजो तोलामा ४० रुपैयाँले बढेर एक हजार ३ सय ३० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको  महासङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस