काठमाडौँमा एक जना कोठामै मृत फेला  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँमा एक जना कोठामै मृत फेला 


७ मंसिर २०७९, बुधबार


काठमाडौँ । काठमाडौँमा काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत फेला परेका छन् । 

काठमाडौँ महानगरपालिका-२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्ने मकवानपुरका ४५ वर्षे गोविन्द परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यसैबीच काठमाडौँ, चन्द्रागिरि नगरपालिका-४ गोदामस्थित सडकमा चित्लाङैबाट थानकोटतर्फ आउँदै गरेको बा ८० प ८५४३ नं को स्कुटर अचानक आगलागी भएको छ । आगलागी हुँदा स्कुटर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले आज जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस