‘जनताले नेपाललाई हाँक्ने नयाँ चालक खोजेका छन्’ : गगन थापा « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

‘जनताले नेपाललाई हाँक्ने नयाँ चालक खोजेका छन्’ : गगन थापा


६ मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री एवम् काठमाडौँ क्षेत्र नम्बर ४ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अब संसदीय दलको निर्वाचनको तयारीमा लाग्ने बताएका छन् ।

निर्वाचन मत परिणाम घोषणा भएगलत्तै सम्बोधन गर्दै थापाले भने,‘संसदीय दलको निर्वाचनको तयारीमा आजैदेखि लाग्छु । मतदाताको मनमा के छ । मनको कुरा पनि व्यक्त गर्नुभएको छ । त्यो पूरा गर्नुपर्छ ।’

उनले अहिले जनताले स्थायित्व मात्रै नभई नेपाललाई हाँक्ने नयाँ चालक पनि खोजेको बताए । ‘त्यो चालक काँग्रेसभित्रै छन् । यो बहस पार्टीभित्र पनि भइसकेको छ । काँग्रेसले नयाँ नेतृत्व दिन जरुरी छ । देशभरबाटै यो विचार व्यक्त भएको छ,’ उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस