यस्तो छ झापामा ओली, शर्मा र लिङ्देनको अवस्था « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

यस्तो छ झापामा ओली, शर्मा र लिङ्देनको अवस्था


६ मंसिर २०७९, मंगलबार


झापा । झापाका हेबिवेट नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अग्रता कायमै रहेको छ ।

ओलीले झापा–५ का उम्मेदवार ओली करिब ३ हजार ५ सय मतले अघि छन् । हालसम्म उनले करिब ९ हजार मत पाउँदा काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ४ सय ४८ मत पाएका छन् । ओलीको क्षेत्रमा स्वतन्त्र उम्मेदवार सुरेशकुमार पोख्रेलले १ हजार ४ सय ८६ मत पाएका छन् ।

झापाका १ मा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ४ हजार ३ सय ७ मतको अग्रता लिएका छन् । उनले ११ हजार ३ सय ८५ मत पाउँदा एमालेका अग्नी खरेलले ७ हजार ८३ मत पाएका छन् ।

झापा ३ का राप्रपा अध्यक्ष लिङ्देन काँग्रेस नेता कृष्णप्रसाद सिटौलाभन्दा १ हजार ४ सय ८६ मतले अगाडि छन् । लिङ्देनले ५ हजार २सय ७४ मत पाउँदा सिटौलाले ३ हजार ७ सय ८८ मत पाएका छन् ।

झापा–२ र ४ मा भने एमालेका उम्मेदवारहरू क्रमशस् देवराज घिमिरे र लालप्रसाद साँवा अगाडि छन् । साँवालाई स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकालले पछ्याइरहेका छन् । साँवाले ४ हजार ६ सय २६ मत पाउँदा ढकालले ४ हजार ५ सय ८६ मत पाएका छन् ।

झापा–२ का एमाले उम्मेदवार घिमिरेले ७ हजार ३ सय २८ मत पाउँदा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले ६ हजार २ सय ६ मतले पछ्याउँदै छन् । सत्ता गठबन्धनका उम्मेदवार हरि राना ३ हजार ५ सय ९५ मतका साथ तेस्रोमा सङ्घर्षरत छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस