डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई आयोगले सोध्यो स्पष्टीकरण


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । निर्वाचन आयोगले डडेल्धुरा क्याम्पसका हेमा भट्टलाई स्पष्टीकरण सोधेको छ । भट्टले आफ्नो फेसबुक पेजमार्फत राजनीतिक दलको चुनावी प्रचारप्रसार गरेको भनी उजुरी परी राष्ट्रिय सतर्कता केन्द्रमार्फत आयोगमा लेखी आएकोले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा १०, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकले पालना गर्नुपर्ने आचरण अन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ र ऐ। दफाको खण्ड (ज) मा ‘सामाजिक सञ्जालमा कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना, प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा सामाजिक सञ्जाल मार्फत मत माग्न नहुनेु व्यवस्था छ ।

उल्लेखित सन्दर्भमा तपाईंलाई कुनै माध्यमबाट यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना[email protected]  मा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्न भनिएको छ ।

(

Tags :
प्रतिक्रिया दिनुहोस