विनोद चौधरीलाई जिताएर पठाउनुस्, हामी उहाँमार्फत विकास पठाउँछौँ : देउवा  « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

विनोद चौधरीलाई जिताएर पठाउनुस्, हामी उहाँमार्फत विकास पठाउँछौँ : देउवा 


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले नवलपरासीको समग्र विकासका लागि विनोद चौधरीलाई विजय गराउन आग्रह गरेका छन् ।

नवलपरासी विकासमा धेरैपछि परेको र यो जिल्लाको विकासका लागि विनोद चौधरीलाई यहाँ पठाइएको देउवाले बताए । 

पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ मा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले नेकपा एमालेलाई जनताले दिएको अभिमत केपी ओलीले बीचमा नै घाटी निमोठेको भन्दै अब लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक बहुमतले विजय गराएर लोकतन्त्र र संविधानको रक्षा गर्न आग्रह गरे । 

संसद् विघटन नगर्ने र जनताले दिएको अभिमत पूर्णारुपमा पालना गर्ने पार्टीलाई विजय गराउन पनि उनले मतदातालाई आग्रह गरे ।

चौधरीको जितले यस क्षेत्रको विकासको ढोका खुल्ने भन्दै  देउवाले नवलपरासी पश्चिमका मतदातालाई भने, तपाइहरू विनोद चौधरीलाई जिताएर पठाउनुस्, हामी उहाँमार्फत यस जिल्लामा विकास पटाउँछौँ । 

Tags :
प्रतिक्रिया दिनुहोस