राप्रपाका उम्मेदवार चढेको गाडी दुर्घटना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राप्रपाका उम्मेदवार चढेको गाडी दुर्घटना


२१ कार्तिक २०७९, सोमबार


काठमाडौँ । सुर्खेतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उम्मेदवार सवार गाडी दुर्घटनामा परेको छ ।

सोमबार प्रतिनिधि तथा प्रदेशसभा सदस्यका लागि राप्रपाका उम्मेदवार भीमबहादुर शाही, सूर्यबहादुर खत्री र कर्णबहादुर रेगामी मगर सवार गाडी दुर्घटनामा परेको हो ।

उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । 

चौकुने गाउँपालिका-१ गैलुमा भनसरा चुनावी प्रचारमा जाँदै गरेको भे १ च २८०५ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । 

उकालो सडकका कारण गाडी अगाडि बढ्न नसकेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस