आज पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

आज पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ लगायत बाँकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ । देशका अन्य भूभागको मौसम सामान्यत सफा रहेको छ।

आज दिउँसो देशको पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राती देशका पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यत सफा रहनेछ।

शनिबार प्रदेश १, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस