घाइते रेणु थापालाई हेलिकप्टरबाट काठमाडौँ लगियो « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

घाइते रेणु थापालाई हेलिकप्टरबाट काठमाडौँ लगियो


१२ कार्तिक २०७९, शनिबार


तनहुँ । मोटरसाइकल दुर्घटनामा परी बायाँ हात भाँचिएकी तनहुँकी एक महिलालाई आज हेलिकप्टर चार्टर गरी उपचारका लागि काठमाडौँ लगिएको छ ।

जिल्लाको ऋषिङ गाउँपालिका-१ झापुटार निवासी २९ वर्षीय रेणु थापालाई हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौँ लगिएको हो । मोटरसाइकलमा सवार हुँदा सल चक्कामा बेरिएर दुर्घटना हुँदा बायाँ हातको पाखुरा भाँचिएको थियो ।

भाँचिएको हात जडान हुनसक्ने दमौली अस्पतालका चिकित्सकले बताएपछि घाइते महिलालाई काठमाडौँ लगिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस