काठमाडौँ । १५ वर्षमुनिको महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोली शनिबार बङ्गलादेश जाँदै छ।
बंगलादेश जाने टोलीलाई शुक्रबार अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिदाइ गरेको छ। बङ्गलादेशमा आयोजना हुने १५ वर्ष मुनिको महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ।
प्रतियोगितामा नेपाल, बङ्गलादेश र भुटानले प्रतिस्पर्धा गर्ने छन्। नेपाली टोलीका मुख्य प्रशिक्षक भगवती राना मगरले प्रतियोगिता सहभागिता जनाउने नेपाली टोलीको घोषणा गरिसकेकी छिन्।