एमालेका ३ नेता पार्टीबाट निष्कासित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एमालेका ३ नेता पार्टीबाट निष्कासित


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेकपा एमालेले सुदूरपश्चिमका ३ जिल्लाका ३ जना नेतालाई कारबाही गरेको छ। एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले बुधबार उनीहरूमाथि कारबाही गरेको हो। 

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार पार्टीको अनुशासन उल्लङ्घन गरेको भन्दै प्रदेश कमिटीका सदस्यहरू जयराज पाण्डेय (कञ्चनपुर), प्रेम शाह (डोटी) र यज्ञराज बास्तोला (कैलाली) लाई पार्टीबाटै निकालिएको हो।

उनीहरूलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको हो। 

उनीहरूले आसन्न संसदीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध गतिविधि गरेको एमालेको ठहर छ। एमाले सुदूरपश्चिमले पार्टी विधानको धारा ८० (६) बमोजिमको गम्भीर अनुशासन उल्लङ्घन गरेको भन्दै उनीहरूमाथि कारबाही गरिएको जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस