प्रियङ्का कार्कीको घरमा लक्ष्मीपूजाको दिन चोरी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रियङ्का कार्कीको घरमा लक्ष्मीपूजाको दिन चोरी


९ कार्तिक २०७९, बुधबार


काठमाडौँ । अभिनेत्री प्रियङ्का कार्कीको घरमा चोरी भएको छ । प्रहरीका अनुसार प्रियङ्का–आयुष्मानको भैसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको हो ।

चोरले लक्ष्मीपूजा गर्न निकालिएको ३० हजार नगद र ५ तोला जति सुनका गहना लगेको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले बताए ।

उनका अनुसार प्रियङ्का परिवार डिनरका लागि बाहिर गएको मौका पारेर शौचालयको भेन्टिलेसनको सिसा फुटाएर चोर घरभित्र पसेको थियो ।

प्रहरीले चोरीमा संलग्नको पहिचान भइसकेको भन्दै पक्राउ गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस