शेरधनले जनतासँग माफी माग्नुपर्छ : सुदन किराती « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

शेरधनले जनतासँग माफी माग्नुपर्छ : सुदन किराती


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता एवम् गठबन्धनका भोजपुरका साझा उम्मेदवार सुदन किराँतीले पूर्व मुख्यमन्त्री शेरधन राईले जनतासँग माफी माग्नुपर्ने बताएका छन् । 

चुनावी अभियानका क्रममा किराँतीले आफ्नो प्रतिस्पर्धी राईलाई जनतासँग माफी माग्न र झुठा प्रचार गरेर जनताको भोट लिने कुचेष्टा नगर्न चेतावनी समेत दिएका छन् । 

किराँतीले भोजपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शेरधन राईले निरन्तरताको सानोतिनो काम मात्रै गरेको र त्यही काम देखाएर जनतालाई ढाँटिरहेको बताए । कुनै सन्तानलाई जन्म दिइसकेपछि त्यसको स्याहारसुसार बुवाआमाको कर्तव्य भएजस्तै मुख्यमन्त्री भएर उनले गरेको काम त्यही कर्तव्यभित्र पर्ने पनि किराँतीले बताए ।

मुख्यमन्त्रीका रूपमा शेरधन राईले भोजपुर वा प्रदेशमा कुनै पनि दीर्घकालीन प्रभाव पर्ने योजना अघि नसारेको समेत किराँतीले बताए । 

को भन्दै किराँतीले महँगा गाडी र बिलासी जीवन बिताउने  भोजपुर जिल्लामा राई र किराँतीको तेस्रो चुनावी प्रतिस्पर्धा हो । ०६४ मा शेरधनलाई पछि पार्दै सुदनले जित निकालेका थिए भने ०७० मा शेरधनले जित हासिल गरेका थिए । ०७४ मा भने वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा सुदनले बाजी मारेका थिए भने प्रदेशसभामा राईले जित निकालेका थिए । उनीहरुबीच ०६४ बाट सुरु भएको प्रतिस्पर्धा तेस्रो पटक आइपुग्दा देशकै ध्यान खिचिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस