थप ४३ जनामा कोरोना संक्रमण, ४८ जना कोरोनामुक्त « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

थप ४३ जनामा कोरोना संक्रमण, ४८ जना कोरोनामुक्त


५ कार्तिक २०७९, शनिबार


काठमाडौँ । थप ४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घन्टामा देशभरबाट ७९८ नमूना परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४३५ र एन्टिजेनबाट ३६३ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

मन्त्रालयका अनुसार थप ४८ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ७१६ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस