वाराही हाइड्रोपावरको आइपिओ शुक्रवारबाट खुल्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

वाराही हाइड्रोपावरको आइपिओ शुक्रवारबाट खुल्ने


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । वाराही हाइड्रोपावरले शुक्रबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपिओ बिक्री गर्ने भएको छ ।

कम्पनीले स्थानीयलाई १ सय अङ्कित मूल्यमा २ लाख ५० हजार कित्ता निष्कासन गर्न लागेको हो ।

बाग्लुङको जैमिनी नगरपालिका–१, ४ र ५ अर्थात् साबिकको कुस्मीसेरा, सर्कुवा र विनामारे गाविसका तथा जैमिनी नगरपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि आइपिओ जारी गर्न लागेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । छिटोमा कात्तिक १८ गतेसम्म र ढिलोमा मंसिर ४ गतेसम्म आइपिओ खुला रहनेछ ।

रेटिङ एजेन्सी इक्रा नेपालले वाराहीको आइपीओलाई ‘इक्रा एनपी आईआर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ । यो आइपीओमा एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

लगानीकर्ताले एनएमबि बैङ्क र ग्लोबल आइएमई बैङ्कको कुस्मीसेरा शाखा, कुमारी बैङ्कको राहाले शाखा र गरिमा विकास बैङ्कको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैङ्क तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस