‘फ्री’मा विदेश पठाइदिने प्रलोभन दिएका पूर्वमन्त्री श्रेष्ठसँग आयोगले सोध्यो स्पष्टीकरण « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

‘फ्री’मा विदेश पठाइदिने प्रलोभन दिएका पूर्वमन्त्री श्रेष्ठसँग आयोगले सोध्यो स्पष्टीकरण


२ कार्तिक २०७९, बुधबार


काठमाडौँ । आचारसंहिता उल्लङ्घन गर्दै निर्वाचन प्रचारप्रसार गरेको विषयमा निर्वाचन आयोगले पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)सँग २४ घण्टे स्पष्टीकरण माग गरेको छ।

एकीकृत समाजवादीबाट बारा-४ मा उम्मेदवार बनेका श्रेष्ठले बेरोजगार युवालाई फ्री भिसा, फ्री टिकटमा विदेश पठाइदिने प्रलोभन देखाएको आयोगले जनाएको छ।

मतदातालाई प्रलोभन देखाएको उक्त भिडियो प्राप्त भएको भन्दै आयोगले श्रेष्ठलाई आफ्नो उम्मेदवारी रहेको निर्वाचन अधिकृतको कार्यालय वा आयोगमा लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस