एमालेले गरेन कर्ण मल्ललाई समर्थन, एमालेबाट विक्रम शाही चुनावी मैदानमा « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

एमालेले गरेन कर्ण मल्ललाई समर्थन, एमालेबाट विक्रम शाही चुनावी मैदानमा


२६ आश्विन २०७९, बुधबार


काठमाडौँ । डडेल्धुरामा नेकपा एमाले र नेपाली काँग्रेस (बिपी) बीच चुनावी तालमेल नहुने भएको छ । एमालेबाट डडेल्धुरामा प्रतिनिधिसभातर्फ उम्मेदवार विक्रम शाहीले उम्मेदवारी फिर्ता नलिने भएपछि काँग्रेस बिपीसँगको तालमेल भाँडिएको हो ।

प्रतिनिधिसभामा काँग्रेस बिपी र दुवै प्रदेशमा एमालेले उम्मेदवारी दिने गरी तालमेलको सहमति भएको थियो । सोही अनुसार प्रतिनिधिसभामा बिपी काँग्रेसका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल र प्रदेशसभा १ मा पठानसिंह बोहोरा र २ मा गजेन्द्र शाही बनेका छन् । तर अन्तिममा पार्टीबाट टिकट लिएर एमालेका शाहीले प्रतिनिधिसभातर्फ पनि मनोनयन दर्ता गराएका थिए ।

उनको उम्मेदवारी फिर्ता लिने आङ्कलन गरिएको थियो । आफूले पार्टीको केन्द्रीय निर्णयअनुसार उम्मेदवारी दर्ता गरेको भन्दै उम्मेदवारी फिर्ता नलिएको बताए । काँग्रेस बिपीसँग तालमेल गर्ने निर्णय नै नभएको शाहीको दाबी छ । डडेलधुरामा स्थानीय निर्वाचनमा पनि एमाले र काँग्रेस बिपीबिच चुनावी तालमेल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस