ओली र उपेन्द्र यादव फेरि भेट्दै, तालमेलको सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

ओली र उपेन्द्र यादव फेरि भेट्दै, तालमेलको सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी 


२१ आश्विन २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता हुँदै छ । भेटको समय निश्चित भइनसकेपनि आजै भेटेर चुनावी तालमेलको सहमति पत्रमा हस्ताक्षर हुने एक नेताले बताए ।

एमालेका उपाध्यक्ष सुवास नेम्वाङले पनि वार्ता सकारात्मक भएको भन्दै आजै सहमति हुनसक्ने बताए । 

त्यस्तै, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजाल पनि वार्ता निकै अघि पुगेको बताउँछन् । 

सत्ता गठबन्धनमा रहेको जसपा एमालेसँग गठबन्धनको तयारीमा छ । सत्ता गठबन्धनमा पनि छलफलमा नै छ ।

यसअघि हिजो साँझ पनि दुई नेताबीच भेटवार्ता भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस