काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पद : विश्वप्रकाश शर्मा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पद : विश्वप्रकाश शर्मा


३ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पद रहेको बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित ‘कमरेडको जनै’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै महामन्त्री शर्माले तीन तहको सरकार हुँदा पनि काठमाडौँको फोहोर उठाउन नसक्नु लज्जास्पद कुरा भएको बताएका हुन् ।

उनले यस्तो लज्जित अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उनले फोहोर समस्याको दीर्घकालीन समाधानका लागि सबै राजनीतिक दलहरूले साझा ढङ्गले सोच्नुपर्ने बताए ।

महामन्त्री शर्माले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहलाई साथ दिनुपर्ने र बञ्चरेडाँडाँका नागरिकहरूको मागको पनि राज्यले सम्बोधन गर्नुपर्ने बताए ।

उनले समस्या समाधानका लागि सङ्घ, प्रदेश र स्थानीय तह सबै जिम्मेवार हुनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस