नेताहरूले रुकुम वा रोल्पाबाट चुनाव लड्न गरेको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेताहरूले रुकुम वा रोल्पाबाट चुनाव लड्न गरेको प्रस्ताव प्रचण्डद्वारा अस्वीकार


१९ श्रावण २०७९, बिहिबार


काठमाडौँ । पार्टी नेताहरूले पूर्वी रुकुम वा रोल्पाबाट चुनाव लड्न गरेको प्रस्तावलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्वीकार गरेका छन् ।

उनले आफू चितवनबाटै चुनाव लड्ने बताएका छन् । प्रचण्डविरुद्ध मोर्चाबन्दी हुनसक्ने भन्दै पार्टीकै नेताहरुले उनलाई सहज निर्वाचन क्षेत्र रोज्न प्रस्ताव गरेका थिए ।

पूर्वी रुकुम, रोल्पा र रुकुम माओवादीको आधार क्षेत्र मानिँदै आएको छ । रोल्पाबाट वर्षमान पुन र रुकुमबाट जनार्दन शर्मा सांसद छन् । पूर्वी रुकुममा माओवादीका स्थापित नेता छैनन् । तर, माओवादी प्रभाव भने बलियो रहेको नेताहरू बताउँदै आएका छन् ।

माओवादीका एक शीर्ष नेताले भने, “हामीले कमरेड प्रचण्डलाई निर्वाचन क्षेत्र सार्ने कि भनेर प्रस्ताव गरेका थियौँ । उहाँले चितवन नछाड्ने भन्नुभयो । उहाँ चितवनबाटै चुनावमा प्रतिस्पर्धा गर्नुहुन्छ ।”

यसअघि प्रचण्ड विभिन्न जिल्लाबाट चुनाव लडिसकेका छन् । पछिल्लो समय उनको सक्रियता चितवनमै बढ्दै गएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस