सुन-चाँदीको मूल्य बढ्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुन-चाँदीको मूल्य बढ्यो


१३ श्रावण २०७९, शुक्रबार


काठमाडौँ । साताको अन्तिम दिन आज (शुक्रबार) सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९५ हजार १ सय रुपैयाँ छ ।

बिहीबार छापावाल सुनको मूल्य ९४ हजार ८ सय र तेजाबी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस