अर्थमन्त्री प्रकरण : छानबिन समितिले सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट अध्ययन गर्ने « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

अर्थमन्त्री प्रकरण : छानबिन समितिले सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट अध्ययन गर्ने


१० श्रावण २०७९, मंगलबार


काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठित संसदीय छानबिन समितिको बैठक बस्दैछ।

आज विहान ८ बजे बस्ने बैठकमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको हार्डडिस्कको फरेन्सिक रिपोर्ट हेरिने समितिले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले हिजो फुटेजको फरेन्सिक रिपोर्ट बुझाएको त्यो सिलबन्दी तोडेर समितिले आज अध्ययन गर्ने सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सिसिटिभी फुटेज रिकभरसम्बन्धी रिपोर्ट हिजो छानबिन समितिलाई बुझाइसकेको छ।

अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएर बजेटमा करको दर हेरफेर गरेको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले जेठ १४ रातिको सीसीटीभी फुटेज भेटेको थिएन।

मन्त्रालयले फुटेज डिलिट भएको जवाफ दिएपछि छानबिन समितिले रिकभरका लागि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस