आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप लम्बिन सक्छ : वाणिज्य मन्त्रालय « प्रशासन
Logo १ जेष्ठ २०८१, मंगलबार
   

आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप लम्बिन सक्छ : वाणिज्य मन्त्रालय


२० असार २०७९, सोमबार


काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्ध थप लम्बिन सक्ने संकेत गरेको छ ।

आइतबार मन्त्रालयमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेयले वैशाख १३ मा राजपत्रमा सूचना निकालेर असार मसान्तसम्मका लागि रोक लगाइएको प्रतिबन्ध आवश्यक परे बढ्ने बताएका हुन् ।

आयात प्रतिवन्धलाई लिएर कुनै अन्तर्राष्ट्रिय दबाव नभएको पनि सचिव पाण्डेयले दाबी गरेका छन् । आयात रोकका कारण अर्थतन्त्रमा परेको योगदानबारे अध्ययन भइरहेको पनि उनले बताए ।

सरकारले गत वैशाख १३ गते १० प्रकारका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस