३ मन्त्रीलाई फिर्ता बोलाएर जसपाले गर्‍यो नयाँ मन्त्री सिफारिस « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

३ मन्त्रीलाई फिर्ता बोलाएर जसपाले गर्‍यो नयाँ मन्त्री सिफारिस


२० असार २०७९, सोमबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई सरकारबाट फिर्ता बोलाएको छ ।

कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिइएको छ ।

जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसकेको छ । नयाँ मन्त्रीको रूपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रूपमा सिफारिस गरिएको जसपा स्रोतले बताएको छ ।

मन्त्रीहरु हेरफेर गर्नुअघि अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेताहरुले नेताहरूसँग छलफल गरेका थिए । पार्टी केन्द्रीय सदस्य र सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरेपछि दुई नेता बसेर मन्त्रीहरूको सूची बनाएको र साँझ अबेर अध्यक्ष यादवले बालुवाटार पुगेर बुझाएको एक नेताले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस