सामाजिक सञ्जालबाट नाबालिका र महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जना पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सामाजिक सञ्जालबाट नाबालिका र महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जना पक्राउ


२७ जेष्ठ २०७९, शुक्रबार


पक्राउ

काठमाडौँ । सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा काभ्रेपलान्चोक धुलिखेल नगरपालिका–६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलु खर्क गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बालाजु बस्ने २० वर्षीया भोज कुमारी दाहाल रहेका छन् ।

अश्लील भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको आरोपमा विकेशलाई धुलिखेल नगरपालिकाबाट बुधवार र महिलाको तस्बिर दुरुपयोग गरी पीडितको चरित्र हत्या गरेको आरोपमा भोज कुमारीलाई बिहीबार विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस