अब १२ दिनमै लाइभ इनरोलमेन्ट : राहदानी विभाग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

अब १२ दिनमै लाइभ इनरोलमेन्ट : राहदानी विभाग


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । राहदानी विभागले राहदानी पाउन सर्वसाधारणले खेपिरहेको सास्ती कम हुँदै गएको जनाएको छ ।

विभागका अनुसार बुकिङ भएको समयदेखि २ महिनापछि मात्र लाइभ इनरोलमन्ट हुने समय अहिले १२ दिनमा आइपुगेको छ ।

विभागले सामान्य अवस्थामा लाइभ इनरोलमेन्ट भएको दुई कार्य दिनमै राहदानी उपलब्ध गराउन सकिने जनाएको छ ।

सेवा सहज बनाउन बिदाको दिन र अन्य दिनमा पनि बढी समय काम भइरहेको विभागको भनाइ छ ।

यसैबीच विभागले सफ्टवेयरमा आएको समस्याका कारण प्रि–इनरोलमेन्ट पोर्टलमा समस्या आइरहेको भन्दै शुक्रबार साँझसम्म समाधान भइसक्ने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस