नेपाल ट्वान्टी-२० लिग : फ्रेन्चाइज टोली किन्नका लागि टेन्डर आह्वान « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नेपाल ट्वान्टी-२० लिग : फ्रेन्चाइज टोली किन्नका लागि टेन्डर आह्वान


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले आउँदो असोजमा गर्ने भनिएको नेपाल ट्वान्टी-२० क्रिकेट लिगका निम्ति फ्रेन्चाइज टोली किन्नका लागि टेन्डर आह्वान गरेको छ ।

आज बिहान ९ बजेदेखि टेन्डर खुला भएको क्यानले जनाएको छ । इच्छुकहरूले यही जेठ २७ गते बेलुका ५ बजेसम्म टेन्डर हाल्न पाउनेछन् ।

क्यानले जारी गरेको सूचनामा टेन्डर प्रक्रिया जुनसुकै कारण देखाएर संशोधन तथा खारेज गर्न पाउने अधिकार आफूमा निहित रहेको जनाएको छ । क्यानले रणनीतिक र व्यापारिक साझेदारीका रूपमा भारतीय कम्पनी सेभेन थ्री स्पोट्सलाई चुनिसकेको छ ।

प्रतियोगिता असोज ८ देखि कात्तिक ५ गतेसम्म हुनेछ । त्यसका लागि क्यानले जेठ १० को बोर्ड बैठकबाट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने ६ टोलीको नाम टुंगो लगाइसकेको छ । जसअनुसार विराटनगर, जनकपुर, काठमाडौँ, पोखरा, लुम्बिनी /भैरहवा, फार वेस्टर्नले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस