८ वर्ष पुरानो यौन हिंसाबारे महामन्त्री थापाले संसदमा गराए ध्यानाकर्षण « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

८ वर्ष पुरानो यौन हिंसाबारे महामन्त्री थापाले संसदमा गराए ध्यानाकर्षण


६ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको ८ वर्ष पुरानो यौन हिंसा सम्बन्धी विषय संसदमा पनि उठेको छ ।

नेपाली काँग्रेसका महामन्त्री तथा सांसद गगन थापाले यो विषय शुक्रवारको संसद् बैठकमा उठाएका छन् ।

उनले यो विषय सामाजिक सञ्जालमा हेरिसकेपछि आफ्नो छोरी डराएको भन्दै जसलाई अभियोग लागेको छ उनीहरूमाथि छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया थाल्न सरकारलाई निर्देशन दिन सभामुखको ध्यानाकर्षण गराए ।

उनको यस्तो आग्रह पछि सभामुख अग्नि सापकोटाले सरकारलाई छानबिन गर्न निर्देशन दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस