रिभर फल्सको आईपीओमा मागभन्दा बढी आवेदन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रिभर फल्सको आईपीओमा मागभन्दा बढी आवेदन


३ जेष्ठ २०७९, मंगलबार


काठमाडौँ । २०७९ वैशाख २८ गतेबाट निष्कासन भएको रिभर फल्स पावर लिमिटेडको प्राथमिक निष्कासनमा तेस्रो दिनसम्म ६.४७ गुणाले ओभर सब्सक्राइब भएको छ ।

२७ लाख ३० हजार कित्तामध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर १ लाख ३६ हजार ५ सय कित्ता तथा कर्मचारीलाई २ प्रतिशत बराबर ५४ हजार ६ सय कित्ता छुट्याइएको छ । बाँकी २५ लाख ३८ हजार ९ सय कित्ता शेयर निष्कासन गरिएको हो ।

निष्कासनको तेस्रो दिन बिहानसम्म १४ लाख १३ हजार ५ जना सर्वसाधारण लगानीकर्ताहरुबाट १ अर्ब ६४ करोड ३६ लाख १४ हजार रकम बराबरको १ करोड ६४ लाख ३६ हजार १४० कित्ता सेयरको लागि आवेदन परेको छ । यो आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले गरेको हो ।

यो आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यो आईपीओमा आवेदन दिने अन्तिम मिति २०७९ जेठ ४ गते बुधबार अपराह्न ५ः३० बजेसम्म रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस