जजिराले कुवेत–भैरहवा उडान थाल्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

जजिराले कुवेत–भैरहवा उडान थाल्ने


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । स्थानीय समयअनुसार आज (आइतबार) रातिबाट कुवेतको जजिरा एयरवेजले कुवेत–भैरहवा उडान थाल्ने भएको छ ।

भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि सो कम्पनीले पहिलो व्यवसायिक अन्तर्राष्ट्रिय उडान थाल्न लागेको हो ।

जजिरा एयरवेजका सिइओ रोहित रामचन्द्रनले यो उडान नियमित हुने यसबाट धेरै नेपाली लाभान्वित हुने बताए ।

कुवेतबाट आइतबार स्थानीय समयअनुसार साढे ६ बजे उड्ने पहिलो विमान भैरहवामा बिहान पौने २ बजे अवतरण हुनेछ ।

नेपालकोभन्दा कुवेतको समय करिब ३ घण्टा ढिला गणना हुन्छ । आइतबार, मंगलबार र बिहीबार कुवेत इन्टरनेसनल एयरपोर्टबाट भैरहवाका लागि उडान हुनेछ ।

त्यस्तै बुधबार, शुक्रबार र सोमबार भैरहवाबाट कुवेतका लागि उडान हुनेछ । स्थानीय समयअनुसार भैरहवाबाट बिहान साढे २ बजे उडान हुनेछ ।

कार्गो तथा व्यवसायिक उडान गर्दै आएको जजिरा एयरवेजले मध्यपूर्वी, दक्षिण एसिया तथा अफ्रिका र युरोपमा समेत सेवा दिँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस